Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सप्तरीका शक्तिपीठहरूमा भक्तजनको घुइँचो

सप्तरीका शक्तिपीठहरूमा भक्तजनको घुइँचो

  • 397
    SHARES
  • सप्तरीका शक्तिपीठहरूमा भक्तजनको घुइँचो

    सप्तरी । नवरात्रको पहिलो दिन गत बिहीबारदेखि सप्तरीका शक्तिपीठहरूमा भक्तजनहरूको घुइँचो लागेको  छ। बिहानैदेखि भगवतीको दर्शन तथा पूजाआजा गर्न  शक्तिपीठहरूमा भक्तजनको घुइँचो लाग्दै आएको छन्। राजविराज-७ कि पूजा यादवले भनिन्,‘दसैँको चहलपहल रमाइलो नै पूजापाठ हो । दशै शुरू भएदेखि प्रत्येक वर्ष मन्दिर आएर पूजा नगरेसम्म चित्तै बुझ्दैन ।’

    गत वर्ष कोरोनाको कारण उनी मन्दिर आउन सकेकी थिइनन् । यस पटक भने घटस्थापनाकै दिनदेखि जिल्लमा भएको सबै शक्तिपीठहरूमा पूजा गर्नका लागि पालैपालो पुग्ने उनको लक्ष्य छ। राजविराज -७ कि मीना दास बिहानै उठ्छिन् । नुहाइधुवाइ गरी घरको पूजाआजा सकेर मन्दिरतिर लाग्छिन् । मन्दिरहरूमा पूजा गरेर मात्रै घर फर्किन्छिन् ।

    उनी  भन्छिन् , ‘अन्य समयमा चाहेर पनि मन्दिर जान सकिँदैन । कोरोनाले गत वर्ष पनि जान सकेकी थिइँन्। यस पटक  छिन्नमस्ता, कंकालनी, राजदेवी र चण्डी भगवती मन्दिर पुगिसकेँ ।’ राजविराज-७ बस्ने ७५ वर्षीया गंगादेवी श्रेष्ठ दुई वर्षपछि घटस्थापनादेखि नियमित मन्दिर गइरहेकी छिन्। उनले भनिन् ,‘मेरो घर नजिकै भगवती मन्दिर छ । दिनहुँ मन्दिरमा पूजा गरेर मात्र मेरो खाने बानी छ ।

    कोरोना महामारीले दुई वर्षदेखि उनी मन्दिर जान पाएकी थिईनन् । मन्दिर जान नपाउँदा के पुगेन,के पुगेन,जस्तो उनलाई लाग्थ्यो । तर, अहिले दसैँको बहानामा दिनँहु मन्दिर जान पाउँदा आनन्द लागेको उनको भनाइ छ। सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकामा रहेको छिन्नमस्ता भगवती मन्दिर, भारदहस्थित कंकालनी मन्दिर, राजविराजस्थित राजदेवी चण्डी भगवती मन्दिर , बोदेबरसाईनको दुर्गा मन्दिर लगायतका शक्तिपीठहरूमा भक्तजनक‍ो भिड लागेको छ ।

  • सम्बन्धित विषय:

  • # शक्तिपीठ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij