Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

काबुलबाट बाहिरिएपछि अमेरिकाले पहिलो पटक गर्‍योे तालिवानसँग वार्ता

काबुलबाट बाहिरिएपछि अमेरिकाले पहिलो पटक गर्‍योे तालिवानसँग वार्ता

  • 377
    SHARES
  • काबुलबाट बाहिरिएपछि अमेरिकाले पहिलो पटक गर्‍योे तालिवानसँग वार्ता

    दोहा । तालिवानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधिबीच वार्ता भएको छ । दुई देशका प्रतिनिधिबीच कतारको राजधानी दोहामा शनिबार वार्ता भएको हो । वार्ता आईबार पनि जारी रहेको तालिवानले जनाएको छ । ३१ अगस्टमा काबुलबाट बाहिरिएपछि तालिवानसँग अमेरिकाले पहिलो पटक वार्ता गरेको हो । 

    वार्तामा अफगानिस्तानमा मानवीय सहायता, अफगान केन्द्रीय बैंकमाथि अमेरिकाले लगाएको प्रतिबन्ध हटाउने र गत वर्ष अमेरिकासँग भएको सम्झौतालगायतका विषयमा छलफल भएको तालिवानले जनाएको छ । 

    वार्तामा तालिवानको नेतृत्व विदेश मन्त्री मुल्लाह अमिर खान मुत्ताकीले गरेका छन् । अमेरिकाले अफगानीलाई कोभिड खोप दिने विषयमा पनि छलफल भएको थियो । अमेरिकी प्रतिनिधिसँगको वार्तापछि तालिवान प्रतिनिधिले युरोपेली युनियनका अधिकारीहरूसँग वार्ता गर्ने कार्यक्रम छ ।  

  • सम्बन्धित विषय:

  • # तालिवान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij