काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफू बोल्ने भन्दा पनि काम गरेर देखाउने कुरामा केन्द्रीत हुने बताएका छन्। शुक्रबार स्वास्थ्यमन्त्रीमा नियुक्त भएका खतिडलो सपथग्रहण पछि मन्त्रालयमा पदभार सम्हाल्दै आफ्नो ध्यान काम गर्नेमा हुने बताएका हुन्।
उनले अहिलेको समय कुरा भन्दा काम गर्ने भएको बताए, ‘सरकारले निरन्तर गर्न सक्ने प्रशासनिक काम आफ्नो ठाउँमा छ, तर यो भन्दा अगाडि प्रतिवद्धता जनाएका कुराहरु लिखित, मौखिक कुराहरु के कारणले अड्केका छन् त्यो कुरा मलाई जानकारी भए क्रमश क्याविनेटमा र सम्बन्धित निकायमा कुरा गर्नेछु’ उनले भने, ‘मन्त्रालयले जनतामा विश्वास जाग्न सक्नेगरी काम गर्छ। अबको केही महिनामा नै नेपाललाई कोरोनामुक्त गर्न लागिपर्ने छौं।’
मन्त्री खतिवडाले तोकिएका बजेटमा देखिएका समस्यालाई पहिचान गरी समयमानै समयमा नै सम्पन्न गर्न लागि पर्ने बताए। साथै उनले विवादरहीत ढंगबाट काम गर्ने बताएका छन्। नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले पनि शुक्रबार साँझ नै पदभार ग्रहण गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij