Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पुलको नाम राख्न समिति गठन, नामाकरण गर्नेलाई २५ हजार पुरस्कार 

पुलको नाम राख्न समिति गठन, नामाकरण गर्नेलाई २५ हजार पुरस्कार 

  • चैत्र ५, २०७७ बिहिवार १५:५६ बजे
  • 947
    SHARES
  • पुलको नाम राख्न समिति गठन, नामाकरण गर्नेलाई २५ हजार पुरस्कार 

    काठमाडौं । कालीगण्डकी नदीमाथि बनेको लामो पुल । सदरमुकाम बागलुङ बजार र पर्वतको सदरमुकाम कुश्मा बजारसँगा जोडिएको पाङ गाउँलाई जोडेकाले यो पुलको आफ्नै महत्व छ । ‘सिंगल स्पान’ प्रविधिमा ५६७ मिटर लामो बनेको संसारकै लामो पुलको भएको भन्दै ‘गिनिज बुक अफ द वर्ड’मा दाबी प्रस्तुत गरेको बागलुङ नगरपालिकाले यो पुललाई आफ्नै परिचय दिने अभियान पनि सुरु गरेको छ ।

    पुलको बागलुङतर्फ नजिकै रहेको प्रसिद्ध बागलुङ कालिका भगवतीको मन्दिर, छेवैमा बन्दै गरेको बाङ्गेचौर रङगशाला, शालिग्राम बग्ने प्रसिद्ध कालीगण्डकीको महिमा र ज्योतिशहरूको गाउँ पाङलगायत महत्वपूर्ण क्षेत्रसँग जोडिएकाले यो पुलको विशेषता र महत्व निकै फराकिलो छ ।

    पुललाई लामो पुलको रुपममा मात्रै परिचित गराउनुभन्दा आफ्नै नाम दिएर पर्यटन प्रवद्र्धनमा योगदान दिन नगरपालिकाले प्रक्रिया थालेको हो । पुलको नामकरणका लागि पेश भएका नामबाट उत्कृष्ट नाम छनोटका लागि बागलुङ नगरपालिकाले छनोट समिति गठन गरेको छ । लामो झोलुङ्गे पुलको नामकरणका लागि नगरपालिकाले सार्वजनिक सूचना गरेको थियो ।

    सूचनाका आधारमा प्राप्त भएका नाममध्येबाट आर्थिक सांकृतिक र अन्तर्राष्ट्रिय महत्व झल्कने हिसाबले उपयुक्त तीन नाम सिफारिस गर्न नगरले सिफारिस समिति बनाएको हो । नामकरण गर्नेलाई २५ हजार पुरस्कार दिइने नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए ।
     
    सिफारिस समितिका संयोजकमा नगर उपप्रमुख सुरेन्द्र खड्का रहेका छन् । समितिको सदस्यमा सह-प्रध्यापक विष्णुप्रसाद मैत्रेय, देवबहादुर श्रेष्ठ, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, कुश्मा नगरपालिका-१ का अध्यक्ष देवेन्द्र सुवेदी र नगरका सूचना अधिकारी युक्तप्रसाद सुवेदी रहेका छन् । नगरले सार्वजनिक गरेको सूचनाका आधारमा अनलाइन र कार्यालयमार्फत दर्जनौं नाम प्राप्त भएका छन् ।

    ती नामबाट छनोट समितिले तीन नाम नगरपालिकालाई सिफारिस गर्ने छ । एउटा उत्कृष्ट नाम नगरपालिकाले छनोट गरेर पुलको नामाकरण गर्ने नगर प्रमुख जनकराज पौडेलले बताए । पुलको नामकरण पश्चात् बागलुङको प्रचार र पर्यटनमा टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।

    पर्वतको पाङ र बागलुङ बजार ओहोरदोहोरमा सहजताका लागि बनाइएको पुल उद्घाटन पश्चात् आन्तरिक पर्यटकको रोजाइँमापर्ने गरेको छ । यो पुलमा दैनिक हजार बढी पर्यटक आउने गरेको नगरपालिकाको दाबी छ । पुलबाट देखिने हिम शृङ्खला, कालीगण्डकीको बहाव र हरियाली डाँडाकाँडाले आन्तरिक पर्यटकलाई भुलाउने गरेको छ ।

  • सम्बन्धित विषय:

  • # बागलुङ
  • # पुल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij