Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

फ्रान्समा ३ हजार पादरीले गरे दुई लाख बालबालिकालाई यौन दुर्व्यवहार

फ्रान्समा ३ हजार पादरीले गरे दुई लाख बालबालिकालाई यौन दुर्व्यवहार

  • 793
    SHARES
  • फ्रान्समा ३ हजार पादरीले गरे दुई लाख बालबालिकालाई यौन दुर्व्यवहार

    पेरिस ।  फ्रान्समा पादरीहरूले दुई लाखभन्दा बढी बालबालिकालाई यौन दुर्व्यवहार गरेको खुलासा भएको छ । सन् १९५० पछि हजारौं पादरीले २ लाख १३ हजारभन्दा बढी बालबालिकालाई यौन दुर्व्यवहार गरेको एउटा स्वतन्त्रत छानबिन आयोगले देखाएको छ । 

    यौन दुव्र्यवहारका घटना दबाउन चर्च र पादरीले अनेकौं प्रयास गरेको पनि पनि छानबिनका क्रममा खुलासा भएको छ ।  बाल यौनदुराचारका घटनामा रोमन क्याथोलिक चर्चहरुमा तानिएका विवरण सार्वजनिक भएपछि यसबारे गहिरो अनुसन्धान गरिएको थियो । करिब तीन हजार पादरीले नियोजित ढंगले बालबालिकामाथि दुर्व्यवहार गरेको छानबिन आयोगका प्रमुख जीन मार्क साउभले जानाकारी दिए ।

    पीडितमध्ये करिव ८० प्रतिशत पुरुष छन् । चर्चले वर्षौदेखि बालबालिकामाथि निर्दयी व्यवहार प्रदर्शन गरेको साउभले बताए ।  दुर्व्यवहारबाट जोगाउन चर्चले रोकथामका आवश्यक कदम नचालेको र कहिलेकाही अभिभावक स्वंयमले दुर्व्यवहारप्रति चासो नदिएको उनले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij