Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

ललितपुरमा बुधबारबाट ‘भेरोसेल’ खोपको पहिलो डोज दिइँदै

ललितपुरमा बुधबारबाट ‘भेरोसेल’ खोपको पहिलो डोज दिइँदै

  • 488
    SHARES
  • ललितपुरमा बुधबारबाट ‘भेरोसेल’ खोपको पहिलो डोज दिइँदै

    काठमाडौं । ललितपुरमा बुधबारदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्ध ‘भेरोसेल’ खोपको पहिलो डोज दिइँदै छ । जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरले पालिकाले निर्धारण गरेको खोप केन्द्रहरुबाट १८ वर्ष माथिका सबै नागरिकलाई बुधबारदेखि कोभिडविरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने जनाएको हो ।

    स्वास्थ्य कार्यालयका प्रमुख डा.खगेश्वर गेलालकाअनुसार चाडपर्वको समयमा भिडभाड बढ्दा कोभिड-१९ संक्रमण फैलिने सम्भावना प्रबल रहेको हुँदा यसलाई मध्यनजर गर्दै खोप अभियान सुरु गरिएको हो । कार्यलयले आफुलाई पायक पर्ने पालिकाले निर्धारण गरेको खोप केन्द्रमा पुगेर खोप लगाउन सकिने जनाएको छ ।

     

    244504983_4151057155002768_1278360484158593339_n.png

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij