Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

असल काम गर्दा सफलता प्राप्त हुन्छ: राजेन्द्र महतो

असल काम गर्दा सफलता प्राप्त हुन्छ: राजेन्द्र महतो

  • 872
    SHARES
  • असल काम गर्दा सफलता प्राप्त हुन्छ: राजेन्द्र महतो

    काठमाडौं । सडी समाज काठमाडौंले समाज, राष्ट्र र सुडी समुदायको विकास तथा उन्नयनका लागि महत्वपूर्ण योगदान पुर्याएबापत विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।

    सम्मानित हुनेमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.आरपी बिच्छा, प्रदेश नीति तथा योजना आयोग, प्रदेश नं २ का सदस्य बैजनाथ महतो, विभूषण समितिका सदस्य इन्जिनियर ओमप्रकाश महतो, अन्तर्राष्ट्रिय योग प्रशिक्षक श्रीमती शान्ति महतो र सिंहदरबार वैद्यखाना विकास समितिका निमित्त कार्यकारी निर्देशक डा.सबरी साह छन् ।

    सुडी समाज काठमाडौंद्वारा आइतबार आयोजित दसैँ, तिहार र छठपर्वको शुभकामना आदानप्रदान, छलफल तथा सम्मान कार्यक्रममा उनीहरुलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता एवम् पूर्वउपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतो, नेपाली जनता दलका राष्ट्रिय अध्यक्ष हरिचरण साह र समाजका अध्यक्ष डा. अशोक महासेठले सम्मानपत्रद्वारा सम्मान गरेका हुन् ।

    सो अवसरमा नेता महतोले मानिसले सकारात्मक सोचका साथ गर्ने असल कामबाट सफलता प्राप्त हुने उल्लेख गर्दै मानव र समाजसेवाबाट मात्र आत्मसन्तुष्टि हुने बताए । सामाजिक सङ्घसंस्थाले समाजको रुपान्तरणका लागि कार्य गर्नुपर्ने बताउँदै उनले समाजमा देखिएको विकृति–विसङ्गतिको न्यूनीकरण गरी सबल, सक्षम र सुदृढ समाज निर्माणका लागि अग्रसर हुन सबैलाई आग्रह गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij