Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

महाधिवेशन सञ्चालनका लागि विभिन्न पाँच कमिटी गठन

महाधिवेशन सञ्चालनका लागि विभिन्न पाँच कमिटी गठन

  • 493
    SHARES
  • महाधिवेशन सञ्चालनका लागि विभिन्न पाँच कमिटी गठन

    काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशनलाई सञ्चालनका लागि विभिन्न पाँच कमिटी गठन गरेको छ । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न निम्नानुसार कमिटीहरू गठन गरिएको जानकारी दिएका छन् । उनका अनुसार ती कमिटी यसप्रकार रहेका छन् ।

    १.अध्यक्ष मण्डलका

    अध्यक्ष: केपी शर्मा ओली र सदस्यहरू : युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा ।

    २. प्रस्ताव मस्यौदा कमिटी

    भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कंडेल, डा. राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी ।

    ३. सुझाव अध्ययन कमिटी

    शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, डा. बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र डा. शिवमाया तुम्बाहाम्फे ।

    ४. बहस नोट कमिटी

    मणिचन्द्र थापा, भानुभक्त ढकाल, विष्णु रिजाल, गोविन्द नेपाली, मनोजजंग थापा, सिता सुन्दास, सरोज यादव र लीलबहादुर थापा मगर ।

    ५. प्रचार समन्वय कमिटी

    योगेश भट्टराई, खिमलाल भट्टराई र सूर्य थापा ।

    महाधिवेशन कूल ६ हजार ३४७ प्रतिनिधिहरू सहभागी रहेको महाधिवेशनको उद्घाटन सत्रपछि आज अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव कमरेड ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख कमरेड विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए  ।

    प्रस्तुत दस्ताबेजहरूमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ । भोलि बिहान ८ बजे सुरु हुने दोस्रो दिन दस्ताबेजहरूमाथि समूहगत छलफल हुने कार्यक्रम छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij