वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले युवाहरुलाई आत्महत्या गर्न दुरुत्साहन गरेको बताएका छन् । बिहीवार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै आफूले भगत सिंहका सहयात्री चन्द्रशेखरले जस्तै आत्महत्या गर्न खोजेको भन्दै सबै आत्महत्या गलत नहुने प्रचण्डको भनाइ थियो ।
प्रचण्डले मार्क्सका छोरी ज्वाइँले गरेको आत्महत्या सही थियो भन्दै गरेको भाषणप्रति एमाले प्रचार विभागका उपप्रमुखसमेत रहेका थापाले आपत्ती जनाएका हुन् । प्रचण्डको भाषण निराशा र कुण्ठाको अभिव्यक्ति रहेको थापाको टिप्पणी छ ।
‘हिटलरले पनि आखिरीमा आत्महत्या नै गरेको थियो । हारेको जुवाडे, चरम महत्वाकांक्षी, युद्धबन्दी र रक्तपिपासुले असफलतामा रोज्ने बाटो अन्ततः आत्महत्याबाहेक अर्को हुन सक्दैन,’ थापाले भने फेसबुकमा लेखेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij