Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कोभिडका कारण गन्ध हराएका बिरामीलाई भिटामिन ए प्रभावकारीः अनुसन्धान

कोभिडका कारण गन्ध हराएका बिरामीलाई भिटामिन ए प्रभावकारीः अनुसन्धान

  • आश्विन १४, २०७८ बिहिवार ०९:५१ बजे
  • 582
    SHARES
  • कोभिडका कारण गन्ध हराएका बिरामीलाई भिटामिन ए प्रभावकारीः अनुसन्धान

    एजेन्सी ।  कोभिडका कारण गन्ध हराउने लक्षणको उपचारमा नाकमा हाल्ने भिटामिन एको थोपा प्रभावकारी हुने वेलायती अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । इस्ट एंगिला विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले यस्तो दाबी गरेका हुन् । 

    यस बारेमा अनुसन्धानकर्ताहरुले १२ साता लामो परीक्षण गरिरहेका छन् । परीक्षणकै क्रममा गन्ध थाहा नपाएका केही बिरामीलाई उपचार गरिने भएको छ ।  

    बिरामीलाई  गुलाफको फुल र कुहिएको अन्डाको गन्ध सुँध्न लगाइने छ । त्यसपछि भिटामिन एले गन्धसम्बन्धी नशालाई ठिक बनाएको वा नबनाएको निस्कर्ष निकालिनेछ । 

    गन्ध थाहा पाउन सक्ने क्षमता हराउनु कोभिडको प्रमुख लक्षण हो ।  कोभिडका केही बिरामी लामो समयसम्म गन्धसम्बन्धी समस्याबाट पीडित छन् । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij