Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भाइबहिनीलाई तारिन्, आफू बगिन् 

भाइबहिनीलाई तारिन्, आफू बगिन् 

  • 536
    SHARES
  • भाइबहिनीलाई तारिन्, आफू बगिन् 

    मंगलबारे । इलामको फाकफोकथुम र देउमाई बीचको मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । देउमाई-१ चमैता मामली घरमा बसेर पढ्दै आएकी  नौ वर्षीया सागरिका राईको मृत्यु भएको हो ।

    फाकफोकथुम गाउँपालिका-६ स्थित फलाँटे माविमा कक्षा ४ मा अध्ययनरत राई सोमबार विद्यालयबाट फिर्कदै गर्दा खोलाले बगाएको थियो ।

    भाइबहिनीलाई खोलाबाट तारेर आफू पनि तर्ने क्रममा बढेर आएको खोलाले राईलाई बगाएर बेपत्ता बनाए पछि खोजतलास गर्दा ढुङ्गामा च्यापिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    उनको शव आज पोष्मार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।  सांकेतिक तस्बिर । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij