वेबटिभी खबर
काठमाडौं । आगामि ७ र ८ कार्तिकमा देशभरका ५ वर्षसम्मका बालवालिकालाई भिटामिन ‘ए’ खुवाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ देखि ५९ महिनाका बालवालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालवालिकाहरुलाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको जनाएको छ ।
सोही दिन ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व–बालभिटा समेत दिइँदै छ । यसअघि यो कार्यक्रम २ र ३ कार्तिकका लागि तय गरिएको थियो तर उक्त समयमा महान चाँड दशैं परेकाले समय परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ ।
७५३ वटै स्थानीय तहलाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अभियानका लागि तयारी गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij