Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

भारतमा कोरोना संक्रमित बढे, सरकारले हिंडडुलमा कडाई गर्न सक्ने 

भारतमा कोरोना संक्रमित बढे, सरकारले हिंडडुलमा कडाई गर्न सक्ने 

  • चैत्र ४, २०७७ बुधवार ११:५१ बजे
  • 701
    SHARES
  • भारतमा कोरोना संक्रमित बढे, सरकारले हिंडडुलमा कडाई गर्न सक्ने 

    नयाँ दिल्ली । विभिन्न राज्यमा कोरोना संक्रमितको संख्या वृद्धि हुन थालेपछि भाइरस फैलन नदिन भारत सरकारले कडा प्रावधानहरू लागू गर्नसक्ने संभावना बढेको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार दिउँसो सबै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गर्दैछन् । मुख्यमन्त्रीहरूसँगको बैठकपछि कोरोना भाइरस फैलन नदिन केही नियमहरूलाई कडा बनाइन सक्ने संभावना छ ।
     
    भारतको कतिपय राज्यमा कोरोना संक्रमितको संख्या केहीदिन यता बढिरहेको छ । केही राज्यमा लगातार संक्रमितको संख्या बढ्नुले गर्दा कोरोनाको दोस्रो लहर सुरु भएको हुनसक्ने अनुमानसहित सरकारले तयारी थालेको हो । 

    यसरी संक्रमण फैलँदा पनि सर्वसाधारण जनस्वास्थ्यको न्युनतम मापदण्ड नअपनाएको, हिंड्डुलमा लापरबाही गरेकोजस्ता गुनासो बढेको छ ।
     
    त्यसैगरी कोरोनाविरुद्धको खोप अभियानलाई अझ सशक्त बनाउने, संक्रमित बढेका राज्यलाई प्राथमिकता दिएर बढी खोप वितरण गर्ने लगायतका तयारी रहेको भारतीय मेडिकल रिसर्च काउन्सिलका स्वास्थ्य विज्ञ एवं सल्लाहकार सुनिल गर्गले बताएका छन् ।
     
    भारतका केही सहरमा रात्रीकालिन कफ्र्यू भने जारी भइसकको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij