वेबटिभी खबर
नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ३२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये केरला राज्यका मात्र १६ हजार ६७१ जना रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतकाे केरलामा अझै पनि संक्रमण नियन्त्रणमा आउन सकेकाे छैन् ।
देशभरका संक्रमितकाे तुलनामा केरालमा दैनिक संक्रमित आधाभन्दा बढी हुने गरेका छन् । यो अवधिमा २६ हजार ३२ जना संक्रमणमुक्त भएका छन् ।
भारतमा संक्रमित हुनेको संख्या दैनिक ३० हजारको आसपासमा पुष्टि भइरहेको छन् । उक्त तथ्याङ्कको विश्लेषण गर्दै भारतीय स्वास्थ्य विशेषज्ञहरुले संक्रमणको तेस्रो लहरको आशंका व्यक्त गरिरहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij