Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भारतमा सक्रिय कोरोना संक्रमित १८७ दिन यताकै कम 

भारतमा सक्रिय कोरोना संक्रमित १८७ दिन यताकै कम 

  • 479
    SHARES
  • भारतमा सक्रिय कोरोना संक्रमित १८७ दिन यताकै कम 

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या केही दिनयता घटबढ भए पनि सक्रिय संक्रमितको संख्यामा भने उल्लेख्य कमी आएको छ ।

    बिहीबार ३१ हजार ९९० जना संक्रमित निको भएसँगै सक्रिय संक्रमितको संख्या ३ लाख एक हजार ६४० मात्र छ । सक्रिय संक्रमितको यो संख्या १८७ दिन यताकै सबैभन्दा कम हो ।

    भारतमा बिहीबार दैनिक संक्रमितको संख्या भने केही बढेको छ । बुधबार २६ हजार ९६४ संक्रमित थपिएका थिए भने बिहीबार बढेर ३१ हजार ९२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    हालसम्म भारतमा ३ करोड २८ लाख मानिस कोरोना भाइरस संक्रमणमुक्त भइसकेका छन् । कोरोनाविरुद्धको खोपलाई तिव्रता दिएसँगै भारतमा संक्रमितको संख्या नियन्त्रणमा आएको हो । यहाँ हालसम्म ८३ करोड ३९ लाख कोरोनाविरुद्धको खोप लगाइ सकिएको छ । भारतले यो वर्षको अन्तिमसम्म सबै वयस्क व्यक्तिहरुलाई कोरोनाविरुद्धको खोप लगाउने जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij