Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कात्तिकदेखि दक्षिण कोरियाको रोजगारीमा जान पाइने

कात्तिकदेखि दक्षिण कोरियाको रोजगारीमा जान पाइने

  • 2.2K
    SHARES
  • कात्तिकदेखि दक्षिण कोरियाको रोजगारीमा जान पाइने

    काठमाडौं । करिब २० महिनादेखि दक्षिण कोरियाको रोजगारीमा जान नपाएका नेपाली पठाउने क्रम कात्तिक १५ भित्रै सुरु हुने भएको छ ।
    वैदेशिक रोजगार विभाग र इपीएस नेपाल सेन्टरबीच अक्टोबर (कात्तिक १५) भित्र श्रमिक पठाउन थाल्नेगरी छलफल भएको हो ।

    ‘कोरियाका अधिकारीहरूले अक्टोबरभित्रै श्रमिक पठाउने प्रक्रिया सुरु गर्छौं भन्नुभएको छ । यो अनौपचारिक कुरा हो । लिखित जानकारी दिइसक्नुभएको छैन । उहाँहरूका सबै सर्त पूरा भइसकेकाले अब श्रमिक नलानुपर्ने कारण छैन’, छलफलमा सहभागी एक अधिकारीले भने ।

    कोरियाले श्रमिक लैजान राखेका सबै सर्त सरकारले पुरा गरिसकेको छ । सीधै उडानमार्फत लैजानुपर्ने सर्तअनुसार हवाई टिकट खरिद गर्न यसअघि नै टेन्डर आह्वान भइसकेको छ । गत भदौ २ गतेदेखि ३१ गतेसम्मको म्याद दिएर टेन्डर आह्वान गरिएको थियो । अहिले टेन्डर खोल्ने प्रक्रियामा रहेको ईपीएस शाखाका निर्देशक सुरेश राउतले बताए ।

    अर्को सर्त कोरोना बिमा गर्नुपर्ने थियो । त्यसका लागि पनि बिमा कम्पनी सूचीकृत भइसकेका छन् । दक्षिण कोरिया जाने कामदारले त्यहाँ पुगेको मितिबाट १४ दिन सम्मको बिमा गर्न ६ वटा बिमा कम्पनी सूचीकृत भएका हुन् ।

    इपीएस शाखाका अनुसार अडोज इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स कम्पनीमार्फत बिमा गर्न सकिने भएको हो ।

    दक्षिण कोरिया पुगेपछि श्रमिकले १४ दिनसम्म आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्नेछ । त्यस विषयमा पनि छलफल भइरहेको निर्देशक राउतले जानकारी दिए । सीधै कोरिया उडानमार्फत श्रमिक पठाउन सरकारले कार्यविधि नै संशोधन गरेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij