Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कुलमान घिसिङको नियुक्ति विरुद्धको रिट प्रधान न्यायाधीशको इजलासमा

कुलमान घिसिङको नियुक्ति विरुद्धको रिट प्रधान न्यायाधीशको इजलासमा

  • 555
    SHARES
  • कुलमान घिसिङको नियुक्ति विरुद्धको रिट प्रधान न्यायाधीशको इजलासमा

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ ।

    घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध शाक्यले ३२ साउनमा सर्वोच्च अदालतमा दायर गरेको रिट प्रधान न्यायाधीश शम्शेरले आफ्नै इजलासमा राखेका हुन् । यो रिट जवराको एक नम्बर इजलासमा परेको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । 

    यसअघि पनि यो रिट पेसी तोक्ने क्रममा प्रधान न्यायाधीश जबराले आफ्नै इजालसमा राखेका थिए तर सुनुवाइ भने हुन सकेको थिएन । निवर्तमान शाक्यले दायर गरेको रिटमा २०८२ सालसम्म आफ्नो कार्यकाल रहेको दाबी गर्दै आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij