Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पोखरीमा चार वर्षीय छोरासहित आमाको शव फेला

पोखरीमा चार वर्षीय छोरासहित आमाको शव फेला

  • 669
    SHARES
  • पोखरीमा चार वर्षीय छोरासहित आमाको शव फेला

    जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा सोमबार बिहान एक पोखरीमा आमाछोराको शव फेला परेको छ । धनुषाधाम नगरपालिका-२ धर्मपुर टोल बस्ने अशोक सिंहकी २८ वर्षीया श्रमती अर्चना सिंह र उनका चार वर्षीय छोरा कुशकुमार सिंहको शव घर नजिकैको पोखरीमा फेला परेको हो । 

    सोमबार स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले घटनास्थलमा पुगेर घटनाको मुचुल्का बनाई शवलाई पोस्टमाटमको लागि लागि जनकपुरधामस्थित प्रदेशिक अस्पतालमा पठाउने तयारी गरिरहेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश राना भाटले जानकारी दिए । 

    स्थानीयका अनुसार घरायसी विवादका कारण अर्चानाले छोरालाई लिएर पोखरीमा हामफालेर आत्महत्या गरेको हुक्सने आशंका गरेका छन् । घटनाको अनुसन्धान गरिरहेको उपरीक्षक भाटले बताए । के कारणले घटना भएको अहिले खुलेको छैन, उनले भने,‘चाडै नै घटनाबारे सार्वजनिक हुन्छ ।’

  • सम्बन्धित विषय:

  • # धनुषाा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij