Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

अपराजित पीएसजीले लियोनलाई हरायो

अपराजित पीएसजीले लियोनलाई हरायो

  • आश्विन ४, २०७८ सोमवार ०८:५८ बजे
  • 478
    SHARES
  • अपराजित पीएसजीले लियोनलाई हरायो

    एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार छैटौ खेलमा शतप्रतिशत जित निकालेको छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले लियोनमाथि २–१ को  जित निकालेको हो । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । 

    पाहुना टोली लियोनले ५४औं मिनेटमा लुकास पाक्वेटाको गोलबाट अग्रता लिन सफल भयो । उनले कार्ल टोको इकाम्वीको पासमा गोल गरेका थिए । 

    ६६औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पीएसजी खेलमा फर्कियो । पेनाल्टी बक्समा मालो गुट्सोले नेयमारलाई अनावश्यक च्यालेन्ज गरेपछि रेफ्रीले पीएसजीलाई पेनाल्टी दिदा नेयमार चुकेनन् ।

    बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सब्सिच्युट मोउरो इकार्डीले गोल गर्दै पीएसजीलाई पूनरागमन जित दिलाए । ८२औं मिनेटमा एन्जल डि मारियाको स्थानमा मैदान छिरेका इकार्डीले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।

    यो जितपछि लगातार छैटौ खेलमा जित निकालेको पीएसजीको १८ अंक पुगेको छ । पराजित लियोन ८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # पीएसजी
  • # नेयमार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij