Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

 प्रभु साह भन्छन्- संविधानको पुनर्लेखन आवश्यक छ

 प्रभु साह भन्छन्- संविधानको पुनर्लेखन आवश्यक छ

  • 890
    SHARES
  •  प्रभु साह भन्छन्- संविधानको पुनर्लेखन आवश्यक छ

    काठमाडाैं । नेकपा एमालेका नेता नेताले प्रभु साहले संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन् । पूर्वमन्त्रीसमेत रहेका साहले संविधान संशोधन आवश्यक रहेको बताएका हुन् ।

    सातौँ संविधान दिवसको अवसरमा आइतबार सामाजिक सञ्जालमा उनले वर्तमान संवैधानिक व्यवस्थाहरुको पुनरावलोकन जरुरी रहेको बताए ।

    नेपाल जस्तो सानो मुलुकमा ७६१ वटा सरकार बनाउने, संघीय मुलुकमा अनावश्यक तीन तह निर्माण गर्ने, शासक जातिलाई आरक्षण दिने, अनावश्यक दर्जनौं संवैधानिक आयोग बनाउने, दोहोरो नागरिकता सम्बन्धी गलत व्यवस्था गर्ने, पुरानै न्याय प्रणाली र कर्मचारीतन्त्र राख्ने, सन्तुलन बिनाको शक्ति पृथकीकरण, पक्षपातपूर्ण ढंगले राजस्व तथा शक्तिको बाँडफाँड गर्ने जस्ता व्यवस्था गलत भएको उनको भनाइ छ । 

    संविधानमा रहेका यी गम्भीर त्रुटिहरू नसच्याएसम्म वास्तविक अर्थमा संविधान दिवसको औचित्य नरहने उनको जिकिर छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij