Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

संविधानले दिएको अधिकारबाटै हिन्दुराष्ट्र र राजसंस्था स्थापित गर्छौंः कमल थापा 

संविधानले दिएको अधिकारबाटै हिन्दुराष्ट्र र राजसंस्था स्थापित गर्छौंः कमल थापा 

  • 1.3K
    SHARES
  • संविधानले दिएको अधिकारबाटै हिन्दुराष्ट्र र राजसंस्था स्थापित गर्छौंः कमल थापा 

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानले दिएको अधिकारबाटै हिन्दुराष्ट्र र राजसंस्था स्थापना गर्ने बताएका छन् । संविधान दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत थापाले यस्तो बताएका हुन् ।

    उनले संविधानले जनताको मतबाट गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता परिवर्तन गर्ने अधिकार दिएको र सोही अधिकारको जगमा हिन्दुराष्ट्र र राजसंस्था स्थापना गर्ने बताएका छन् ।

    ‘संविधानले जनताको मतबाट गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता परिवर्तन गर्ने अधिकार दिएको छ । यो अधिकार हामीले संविधानसभामा लडेर लिएको  हो,’ उनले भनेका छन्, ‘यो अधिकारको धरातलमा एकदिन हिन्दुराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र स्थापित गर्छौ भन्ने आत्मविश्वास साथ राप्रपा सक्रिय छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij