Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रदेश १ मा २ मन्त्री र ३ राज्यमन्त्री थपिए (सूचीसहित)

प्रदेश १ मा २ मन्त्री र ३ राज्यमन्त्री थपिए (सूचीसहित)

  • 482
    SHARES
  • प्रदेश १ मा २ मन्त्री र ३ राज्यमन्त्री थपिए  (सूचीसहित)

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । साविकको ३ सदस्यमा ५ जना नयाँ मन्त्री थपिएका हुन् । योसँगै प्रदेश १ को मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ । 

    संखुवासभाका तुलसीप्रसाद न्यौपाने आर्थिक मामिला तथा योजनामन्त्री र झापाका हिराकुमार थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् । यस्तै सोलुखुम्बुका उत्तमकुमार बस्नेत उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशी भूमि, व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र मोरङकै लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनेका छन् ।

    मुख्यमन्त्री आचार्यले मन्त्री, राज्यमन्त्री र नियुक्ति तथा मन्त्रालयको कार्यविभाजनबारे  प्रदेश प्रमुखसमक्ष जानकारी गराएका छन् ।

     

    241923463_1233104540498294_4930726270164771244_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij