काठमाडौं– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले रोमान्चक जित निकालेको छ। बुधबार राति भएको खेलमा सिटीले १० खेलाडीमा समेटिएको जर्मन क्लब आरबी लाइप्जिगमाथि ६–३ को सानदार जित निकालेको छ।
सिटीको जितमा नाथन एके, रियाद महारेज, ज्याक ग्रेलिस, जोओ क्यान्सेलो र गाब्रियल जेससले गोल गर्दा एक गोल उपहार पाएको थियो । लाइप्जिगका क्रिस्टोफोर एनकुकुले ह्याट्रिक पुरा गरेपनि हार टार्न सकेनन् ।
एन्जलेलिनो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लाइप्जिग ७९औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । त्यसबेलासम्म सिटीले ५–३ को फराकिलो अग्रता लिइसकेको थियो ।
यो नतिजापछि सिटी ३ अंक जोडेर शीर्षस्थानमा रहँदा पीएसजी र क्लब ब्रुगले समान १ अंक जोडेका छन् । लाइप्जिग अंक विहीन छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij