Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

लुम्बिनी सांसद वलीद्वारा पूर्वमुख्यमन्त्री पोखरेलविरुद्ध प्रहरीमा निवेदन पेस

लुम्बिनी सांसद वलीद्वारा पूर्वमुख्यमन्त्री पोखरेलविरुद्ध प्रहरीमा निवेदन पेस

  • 512
    SHARES
  • लुम्बिनी सांसद वलीद्वारा पूर्वमुख्यमन्त्री पोखरेलविरुद्ध प्रहरीमा निवेदन पेस

    काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले पूर्वमुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रहरीमा निवेदन दिएकी छिन् । आफूलाई अपहरण तथा शरीर बन्धक बनाएको भन्दै पूर्वमुख्यमन्त्री पोखरेलसहित ४ जनाविरुद्ध वलीले प्रहरीमा निवेदन दिएकी हुन् ।

    पोखरेल मुख्यमन्त्री भएका बेला १५ साउनदेखि ५ दिनसम्म दाङबाट ल्याएर बन्धक बनाएको आरोपसहित सांसद वलीले इलाका प्रहरी कार्यालय बुटवलमा सोमबार निवेदन दिएकी हुन् । 

    तर बुटवल प्रहरीले भने घटनास्थल दाङ भएकोले त्यहीं गएर निवेदन दिन आग्रह गरेको छ । उक्त निवेदन मंगलबार साँझसम्म दाङ पठाइएको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोज केसीले वलीले इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएको पुष्टि गर्दै बुटवलको साटो घटनास्थल दाङ प्रहरीमार्फत प्रक्रिया अगाडि बढाउन सुझाव दिएको बताए ।

    तर पूर्वमुख्यमन्त्री पोखरेलले भने वलीलाई बन्धक बनाएको नभएर आफ्नो पार्टीको सांसद्लाई आफूले सम्मानसाथ राखेको बताएका छन् ।

    ‘उहाँले त्यस समयमा क-कसलाई फोन गर्नु भएको छ हेर्दा भइहाल्छ नि । राज्यका अंकसँग सम्पर्कमा भएको मान्छेलाई बन्धक बनाइएको भन्न मिल्दैन,’ पूर्वमुख्यमन्त्री पोखरेलको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij