Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

उत्तर कोरियाले गर्यो लामो दूरीको क्षेप्यास्त्र परीक्षण 

उत्तर कोरियाले गर्यो लामो दूरीको क्षेप्यास्त्र परीक्षण 

  • 994
    SHARES
  • उत्तर कोरियाले गर्यो लामो दूरीको क्षेप्यास्त्र परीक्षण 

    काठमाडौं । उत्तर कोरियाले नयाँ प्रकारको लामो दूरीमा प्रहार गर्न सकिने क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको छ । उक्त क्षेप्यास्त्र जापानको धेरै भागसम्म प्रहार गर्न सकिने उत्तर कोरियाको सरकारी सञ्चारमाध्याम केसिएनएले जनाएको छ ।

    परीक्षण गरिएका दुई वटा क्षेप्यास्त्र १,५०० किलोमिटर टाढासम्म पुग्न सक्ने बताइएको छ ।

    कोरियाले क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिकी सेनाले यस परीक्षणले अन्तर्राष्ट्रिय समुदायलाई थप खतरा निम्त्याएको प्रतिक्रिया दिएको छ भने छिमेकी मुलुक जापानले चिन्ताजनक भनेको छ ।

    यसअघि अमेरिकामा जो बाइडेनले राष्ट्रपति पद सम्हालेलगत्तै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको थियो । 

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij