Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सेप्टेम्बर ११ : त्यो भयानक घटना, जसले विश्वलाई नै स्तब्ध बनायो 

सेप्टेम्बर ११ : त्यो भयानक घटना, जसले विश्वलाई नै स्तब्ध बनायो 

  • 517
    SHARES
  • सेप्टेम्बर ११ : त्यो भयानक घटना, जसले विश्वलाई नै स्तब्ध बनायो 

    न्युयोर्क । अमेरिकी इतिहासका लागि कालो दिन अर्थात आज सेप्टेम्बर ११ । ठिक बिस वर्षअघि सन् २००१ को सेप्टेम्बर ११ तारिखमा आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको थियो । हमलाले  विश्वलाई नै स्तब्ध पारेको थियो । 

    अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार विमानलाई अपहरण गरी न्यूयोर्क र वासिंगटनका महत्त्वपूर्ण भवनमा ठोक्काएका थिए । दुई विमानलाई न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टरको ट्वीन्स टावरमा ठोक्काइएको थियो । स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा र १६ मिनेटपछि दोस्रो टावरमा विमान ठोक्काइएको थियो । बिस्फोटपछि टावरमा दुई घन्टासम्म आागो लागेको थियो । एक सय दश तले दुवै भवन ढलेर खरानी भएका थिए । विमानका सबै यात्रु र ती टावरमा काम गर्ने हजारौंको ज्यान जाने सो घटनाले विश्वलाई नै स्तब्ध बनायो । 

    नौ बजेर ३७ मिनेटमा तेस्रो विमानलाई अमेरिकी रक्षा मन्त्रालय रहेको भवन पेन्टागनमा जोतिएको थियो भने वासिंगटनतर्फ बढिरहेको अर्को विमान पेन्सालभेनियाको आकाशमा बिस्फोट भएको थियो । अपहरणकारी र यात्रुबीच विमानभित्र भनाभन हँदा विमान आकाशमै बिस्फोट भएको थियो ।

    ती सबै हमलामा १९ आक्रमणकारीसहित करिब ३ हजार जनाको मृत्यु भएको थियो । आक्रमणमा अर्बौ डलर क्षति भयो । 

    साउदी नागरिक ओसामा बिन लादेनको नेतृत्वको  अतिवादी सञ्जाल अलकायदाले सो हमला गरेको थियो । आक्रमणमा संलग्न अन्य १५ जना पनि साउद अरबका थिए भने दुई जना युएई एक जना इजिप्सेली र अर्का लेबनानका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij