वेबटिभी खबर
लन्डन । नामिबियामा एक स्थानबाट अर्को स्थानमा पुर्याउन गैंडालाई डोरीले खुट्टामा बाँधेर हेलिकप्टरबाट उद्दार गर्ने समूहले यस वर्षको आइजी नोबेल पुरस्कार प्राप्त गरको छ । आइजी नोबेल विभिन्न क्षेत्रमा ऐतिहासिक उपलब्धी गरे वापत दिइने प्रसिद्ध नोबेल पुरस्कार भने होइन् ।
सानो तर अनौठो र हाँसो लाग्दो विषयमा भएका उपलब्धीलाई आधार मानेर बर्सेनि यो पुरस्कार वितरण गरिन्छ । यस्तै, रमाइलो उपलब्धी नामिवियाका वन्यजन्तु विज्ञले गरेका थिए ।
नामिबियामा कर्नेल युनिर्भसिटिका वन्यजन्तुसम्बन्धी विज्ञले १२ ओटा गैंडालाई हेलिकप्टरमार्फत एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गरेका थिए । गैंडालाई डोरीमा झुण्डाएर १० मिनेटसम्म हेलिकप्टरमा उडाइएको थियो । बेहोस पारिएका गैंडालाई उत्तानो पारेर चार खुट्टा बाँधेर उडाइएको थियो । घोप्टो पार्दा मुखबाट रगत बग्ने आशंकामा उत्तानो पारेर बाँधिएको थियो ।
नोबेल पुरस्कार विभिन्न सात विधामा दिइए जस्तै यो पुरस्कार १० क्षेत्रमा प्रदान गरिन्छ । पुरस्कृत हुने अन्य समूहमा चपाएर सडकमा फालिएको चुइङगमको व्याक्टेरियाको अध्ययन गर्नेदेखि समुद्रमा चल्ने युद्धपोत जहाजमा साङ्ला नियन्त्रण गर्ने समूह छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij