Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रधानसेनापति प्रभुराम शर्माले सम्हाले कार्यभार

प्रधानसेनापति प्रभुराम शर्माले सम्हाले कार्यभार

  • 471
    SHARES
  • प्रधानसेनापति प्रभुराम शर्माले सम्हाले कार्यभार

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिहीबार बिहान दर्ज्यानी चिह्न र पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनले कार्यभार सम्हालेका हुन् ।

    राष्ट्रपति कार्यालय शितल निवासमा बिहीबार आयोजित सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि सहभागी थिए ।

    अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ गते सकिएपछि शर्मा प्रधानसेनापति नियुक्त भएका हुन् । शर्मालाई राष्ट्रपति भण्डारीले ११ भदौमा प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij