Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

इलामको बिब्ल्याँटे बजारमा सवारी दुर्घटना

इलामको बिब्ल्याँटे बजारमा सवारी दुर्घटना

  • 727
    SHARES
  • इलामको बिब्ल्याँटे बजारमा सवारी दुर्घटना

    काठमाडौं । इलामको बिब्ल्याँटे बजारमा बुधबार दिउँसो सवारी दुर्घटना भएको छ । पाँचथरको फिदिमबाट सुनसरीको धरानतर्फ गइरहेको लु.१ ज ३३५० नम्बरको बुलेरो र इलाम बजारबाट बिब्ल्याँटेतर्फ आउँदै गरेको मे.१ ज १९२० नम्बरको भ्यान आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

    सो घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । दूध चिस्यान केन्द्रअगाडि भत्किएको सडक जोगाउन भ्यान चालकले दायाँ दिशामा गाडी मोड्दा बुलेरोसँग ठोक्किएको प्रतक्ष्यदर्शीले बताएका छन् ।

    भ्यान अचानक दायाँ दिशामा आएको आफूले देखेपछि आफ्नो गाडीलाई पनि दायाँतर्फ मोडेको तर भ्यान पनि सँगै सोही दिशातर्फ घुम्दा गाडी ठोक्किन पुगेको बुलेरो चालकको भनाइ छ । दुवै गाडीमा भएको क्षति आपसी समझदारीमा मर्मत गर्ने गरी गाडीहरू गन्तव्यतर्फ बढेका छन् ।

    भू-क्षयका कारण बिब्ल्याँटे र बरबोटे क्षेत्रका सडकहरू भासिदा र साडकमा खाल्डो परेका कारण यातायात सञ्चालन अफ्ट्यारो भएको चालकहरू बताउँछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij