Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मुख्यमन्त्री शाक्यले थपिन् १० मन्त्री 

मुख्यमन्त्री शाक्यले थपिन् १० मन्त्री 

  • 503
    SHARES
  • मुख्यमन्त्री शाक्यले थपिन् १० मन्त्री 

    काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलकी नेता तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार १० सांसदलाई मन्त्रीमा नियुक्त गरेकी छिन् ।

    साविक एमालेमै रहेका प्रदेशसभा सदस्यमध्ये १३ जनाले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेपछि मुख्यमन्त्री शाक्यको सरकार अल्पतमा परेको छ । अल्पमतमा भए पनि उनले नेपाल नेतृत्वको पार्टीमा नलागेका सांसदलाई मन्त्री नियुक्त गरेकी हुन् ।

    बागमती प्रदेशमा एमाले प्रमुख सचेतक दीपक निरौलाले बुधबार २ बजे नवनियुक्त मन्त्रीहरूको सपथ ग्रहण समारोह प्रदेश प्रमुखको कार्यालयमा हुने जानकारी दिए ।

    ‘अहिलेकै अवस्थामा मुख्यमन्त्री अल्पमतमा हुनुहुन्छ भन्न मिल्दैन,’ निरौलाले भने, ‘प्रदेशसभाबाट विश्वासको मत लिएर उहाँ अघि बढ्नुहुन्छ । मुख्यमन्त्रीले संसद् फेस गर्नुहुनेछ ।’  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij