Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

  • 426
    SHARES
  • एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आजदेखि सुरु हुने संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बुधबार बिहान संसदीय दलको बैठक बोलाइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

    बिहान ९ बजे बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा आजको संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने उनले बताए ।

    नेकपा एकीकृत समाजवादी गठन गरेका माधव नेपालसहित १४ जनालाई सांसदबाट कारबाही गरिएको सम्बन्धमा सभामुखले 'आवश्यक पक्रिया' अगाडि नबढाएको भन्दै एमाले रुष्ट छ ।

    १४ सांसदलाई कारबाही गरिएको सूचना टाँस नगरेको सन्दर्भमा बुधबारको संसद बैठकमा विरोध जनाइने एमालेका एक सांसदले जानकारी दिए । संसद् बैठक बुधबार अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

    बुधबारको बैठकमा सरकारले २ दर्जनभन्दा बढी अध्यादेश पेस गर्ने तयारी गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij