Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

आज बस्ने संघीय संसद्को बैठकमा एमालेको यस्तो रणनीति

आज बस्ने संघीय संसद्को बैठकमा एमालेको यस्तो रणनीति

  • 757
    SHARES
  • आज बस्ने संघीय संसद्को बैठकमा एमालेको यस्तो रणनीति

    काठमाडौं । संघीय संसद्का दुबै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक  बुधबार आजबाट सुरु हुँदैछ ।

    मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि बैठक  आह्वान गरेपछि दुबै सदन आजबाट सुरु हुन लागेको हो ।

    सरकारले नागरिकता विद्येयक, संघीय निजामती विधेयक, राजनीतिक दलसम्बन्धी अध्यादेशलगायत अन्य अध्यादेशलाई संसदमा पेश गर्ने सम्भावित कार्यसूचीमा राखेकाे छ ।

    गत ३२ साउनमा संसद् स्थगित गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको सरकारले एमाले र जनता समाजवादी पार्टी विभाजनको लागि ढोका खुल्ला गरिदिएको थियो । 

    गत मंगलबारसम्म स्थानीय, प्रदेश र संघीय संसद्लाई दल रोज्न छुट दिइएको प्रति मुख्यतः प्रमुख प्रतिपक्ष दल एमालेले आपत्ति जनाउँदै आएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले एमालेले निस्काशनका लागि कारबाही सिफारिस गरेका सांसद्को सनाखत नगरिदिएको प्रति आपत्ति जनाउँदै आएको छ । जसकाकारण, सहज ढंगले संसद् अधिवेशन सूचारु होला भन्ने आशंका कायमै छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij