Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

शरद याममा हिमाल आरोहण गर्न १६० आरोहीलाई अनुमति

शरद याममा हिमाल आरोहण गर्न १६० आरोहीलाई अनुमति

  • 1.1K
    SHARES
  • शरद याममा हिमाल आरोहण गर्न १६० आरोहीलाई अनुमति

    काठमाडौं । शरद ऋतुका याममा मनास्लु हिमाल आरोहणकालागि आकर्षण देखिएको छ । पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ ।

    सोमबारसम्म कञ्चनजङ्घा हिमाल आरोहण गर्न एक समूहले अनुमति लिएको विभागले जनाएको छ । दुवै हिमालबाट हालसम्म ३१ लाख ४६ हजार सलामी दस्तुर संकलन भएको छ ।
     
    शरद ऋतु पर्वतारोहणका लागि उत्तम मानिन्छ । यो याममा उल्लेख्य संख्यामा स्वदेशी तथा विदेशी पर्वतारोही आरोहणका लागि निस्कन्छन् ।

    कोभिड-१९ महामारीको जोखिमकाबीच पनि यो याममा स्वदेशी तथा विदेशी आरोहीले आरोहणका लागि अनुमति लिएका छन् ।

    अघिल्लो वर्षको सो याममा महामारीकाबीच पनि केही विशिष्ठ विदेशी पाहुनासहित उल्लेख्य संख्यामा आरोहण भएको विभागले जनाएको छ ।

    अघिल्लो वर्षको यही याममा पनि मनास्लु र अमादब्लम हिमाल आरोहणका लागि धेरै संख्यामा स्वदेशी तथा विदेशी गएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij