Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

थपिए ५३ कोरोना संक्रमित, ७७ जना निको

थपिए ५३ कोरोना संक्रमित, ७७ जना निको

  • चैत्र १, २०७७ आइतवार १६:३६ बजे
  • 637
    SHARES
  • थपिए ५३ कोरोना संक्रमित, ७७ जना निको

    काठमाडौैं । पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा दुई हजार ६ सय १५ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।

    यस अवधिमा ७७ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८ सय ९१ मात्र छ ।

    नेपालमा अहिलेसम्म दुई लाख ७५ हजार २ सय ३१ जनामा कोरोना पुष्टि भइसकेको र त्यसमध्ये दुई लाख ७१ हजार ३ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    कोरोना निको हुने दर ९८.६ प्रतिशत रहेको छ । यसैगरी नेपालमा हालसम्म तीन हजार १४ जनाको कोरोनाले मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना अपडेट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij