Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

यी हुन उच्च रक्तचाप हुनुपूर्व देखिने संकेत

यी हुन उच्च रक्तचाप हुनुपूर्व देखिने संकेत

  • 640
    SHARES
  • यी हुन उच्च रक्तचाप हुनुपूर्व देखिने संकेत

    काठमाडौं । थाहै नभइ रक्तचाप बढीरहेको हुनसक्छ । सुरुमा उच्च रक्तचापको लक्षणलाई बुझ्न गाह्रो हुन्छ । अवस्था अलि गम्भिर भएपछि मात्र यसको लक्षण बुझ्न सकिन्छ । स्वास्थ्यको नियमित ख्याल राखेमा केही संकेत पाउनसक्छौं जसले गर्दा उच्च रक्तचाप हुनु अघि नै यसबारे थाहा पाउन सक्छौं । 

    बेलायतको एनएचएसको एक अनुसन्धानकाअनुसार २५ प्रतिशत वयस्क व्यक्तिलाई उच्च रक्तचापको समस्या हुन्छ । रक्तचाप बढ्नुको मुख्य कारण नै खानपान र जीवनशैली हो । उच्च रक्तचापले धमनीमा अत्यधिक चाप सृजना गर्छ । जसले हृदयघात र स्ट्रोकको जोखिम हुन्छ ।

    टाउको दुख्ने
    टाउको दुख्नु सामान्य समस्या भइसकेको छ । यो समस्या मौसम परिवर्तन, तनाव र शरिरमा पानीको कमीले पनि हुन्छ । तर बारम्बार हुने टाउको दुखाई हाइपरटेन्सनको लक्षण हुनसक्छ । हाइपरटेन्सन नै उच्च रक्तचाप हुनुको कारण हो ।

    नियमित पानी पिउने र आराम गर्दा सामान्य खाले टाउको दुखाईको समस्या केही हदसम्म निको हुन्छ । तर। उच्च रक्तचाप हुँदा वा न्युन रक्तचाप, दुबै स्थितिमा टाउको दुख्ने गर्छ । 

    जति गम्भिर हाईपरटेन्सन हुन्छ, त्यति नै गम्भिर टाउको दुख्छ । त्यसैले अत्यधिक टाउको दुख्दा पनि हामीले बेलैमा सचेत हुनुपर्छ । उच्च रक्तचापको समस्याबाट बच्न शरीरमा भइरहेको परवर्तनमा ध्यान दिनु आवश्यक हुन्छ ।

    वाकवाकी 
    उच्च रक्तचाप भएको एउटा संकेतका रुपमा व्यक्तिलाई वाकवकी लाग्नु पनि हो । रक्तचाप परिवर्तन हुँदा हाम्रो पाचन प्रक्रियामा प्रत्यक्ष असर पार्छ । केहीलाई पेट खराब भएको जस्तो पनि हुन्छ । रक्तचापको उतारचढावको समयमा यस्ता समस्या देखिन्छ । जसले गर्दा वाकवाकी वा उल्टी आउने हुन्छ । 

    अत्यधिक पसीना
    तनावले उच्च रक्तचाप बढ्छ । जसकारण पेनिक अट्याक वा एन्जाइटी पनि हुनसक्छ । उच्च रक्तचाप भएकालाई अत्यधिक पसीना आउने वा नशामा झमझमाएको जस्तो महशुस हुन्छ । 

    श्वास फूल्ने
    श्वासप्रश्वासमा समस्या हुनु पनि रक्तचाप बढ्ने संकेत हो । यो कार्डियोभास्कुलर सिस्टममा उतारचढावको कारणले हुने गर्छ । शरीरमा रक्त सञ्चार गर्ने मुटुको माध्यमबाट फोक्सोमा पुग्ने रगतको पनि सफाई हुन्छ ।

    जब रक्तचाप बढ्छ, रक्त सञ्चार प्रक्रियामा समस्या उत्पन्न हुन्छ । जसकारण श्वासप्रश्वासमा कठिनाई हुन्छ ।

    यी संकेतलाई बेलैमा बुझेर सोही अनुसार खानपान र दैनिकी बदल्न सके उच्च रक्तचापको समस्यालाई नियन्त्रण गर्न सकिन्छ । (एजेन्सी)

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij