Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

निर्देशक सुदर्शन थापाले सुप्रियासँग इन्गेजमेन्ट गरे

निर्देशक सुदर्शन थापाले सुप्रियासँग इन्गेजमेन्ट गरे

  • 591
    SHARES
  • निर्देशक सुदर्शन थापाले सुप्रियासँग इन्गेजमेन्ट गरे

    काठमाडौं । निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन् । केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ ।

    सुदर्शनले आज आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् ।

    पारिवारिक उपस्थितिमा दुवैले होटेल र्‍याडिसनमा औंठी साटासाट गरे । सुप्रिया मोडल पनि हुन् । हाल एपी वान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साँढे सात’ नामक चलचित्रका साथै दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छन् । सुदर्शन र सुप्रियाको बिहे भने १ असोजमा गर्ने तय भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij