Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

लुकाकुको १०० क्याप पूरा, तीन वर्षपछि हाजार्डको गोल 

लुकाकुको १०० क्याप पूरा, तीन वर्षपछि हाजार्डको गोल 

  • भाद्र २१, २०७८ सोमवार १०:२२ बजे
  • 467
    SHARES
  • लुकाकुको १०० क्याप पूरा, तीन वर्षपछि हाजार्डको गोल 

    एजेन्सी– स्ट्राइकर रोमेलु लुकाकुको एक सय क्याप तथा इडेन हार्जाडले तीन वर्षपछि गोल गरेको खेलमा बेल्जियमले चेक रिपब्लिकलाई पराजित गरेको छ । 

    आइतबार राति घरेलु मैदानमा बेल्जियमले लुकाकु र हाजार्डको गोल सहयोगमा चेक रिपब्लिकलाई ३–० गोल अन्तरले पराजित गरेको हो । युरोपेली छनोटको समूह ‘ई’मा बेल्जियमलाई जित दिलाउने क्रममा लुकाकले आठौँ मिनेटमा गोल गरे । 

    उनले बेल्जियमबाट खेल्दा एक सय क्याप समेत पूरा गरेका छन् । २८ वर्षीय स्ट्राइकर लुकाकुको यो बेल्जियमबाट ६७ गोलसमेत हो । 

    यस्तै, इडेन हाजार्डले खेलको ४१ मिनेटमा दोस्रो अग्रता बनाए । हाजार्डन् सन् २०१९ नोभेम्बरपछि गरेको पहिलो गोल हो । 

    तेस्रो गोल एलिसिस सेलमेकरस्ले खेलको ६५ मिनेटमा गरे । उनलाई लुकाकुले बल पास गरेका थिए । 

    जितसँगै पाँच खेलबाट १३ अंक जोडेको बेल्जियम समूह 'ई' को शीर्ष स्थानमा छ । पाँच खेलबाट सात अंक बनाएको चेक रिपब्लिक दोस्रो, तीन खेलबाट ६ अंक बनाएको वेल्स तेस्रो, चार खेलबाट तीन अंक जोडेको बेलारुस चौथो स्थानमा रहँदा तीन खेलबाट बिना कुनै अंक एस्टोनिया तालिकाको पुछारमा छ । 

    समूह 'ई' को अर्को खेलमा बेल्सले बेलारुसविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । कप्तान ग्यारेथ बेलले दुई पेनाल्टीसहित ह्याट्रिक गरेको खेलमा बेल्स ३–२ गोल अन्तरले विजयी भयो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij