काठमाडौं । पाकिस्तानी पप स्टार अली जफरविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाउने गायिका तथा अभिनेत्री मिशा शफीलाई फौजदारी मानहानी मुद्दामा तीन वर्ष जेल सजाय सुनाइएको छ । रिपोर्टका अनुसार अलीले मीशाविरुद्ध मानहानि मुद्दा दायर गरेका थिए र अभिनेत्रीको आरोपले उनको करियरमा पुर्याएको क्षतिलाई कहिल्यै भुक्तान गर्न नसक्ने बताएका थिए । मिशाले देशको न्याय प्रणालीले धाँधली गरेको आरोप लगाएकी छन् । उनले भनेकी छन्, ‘यस्तो अवस्थामा कुन महिलाले कुन मुल्यमा न्याय पाउँछन ?’
मिशाले मिटू अभियानको माध्यामबाट अली जफरमाथि आरोप लगाएकी थिइन् । अलीले आफ्नै घरको रेकर्डिङ स्टुडियोमा उनको यौन शोषण गरेको बताए पनि अलीले यी सबै आरोप झुट भएको प्रतिक्रिया दिएका थिए । यसपछि उनले अभिनेत्री मिशाविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका थिए । सन् २०२० को सेप्टेम्बरमा पाकिस्तानी ल इन्फोर्समेन्ट एजेन्सीले मिशा शफीविरुद्ध अली जफरको बेइज्जती गर्न अभियान चलाएको आरोपमा मुद्दा दर्ता गरेको थियो ।
यसअघि, अली जफर पाकिस्तानको एक न्यूज च्यानल अन्तर्वार्ता दिएर आफूमाथि लगाइएको आरोप बारे कुरा गरेका थिए । उनले ‘धेरै समयदेखि हामीले यसलाई चुपचाप सहँदै आएका छौं । म मात्र होइन, मेरा परिवार, पत्नी र बच्चाहरूले पनि । गत एक वर्षमा मैले एक शब्द पनि बोलिन । मैले कानुनी रुपबाटै कारवाही गर्ने निर्णय गरेको थिएँ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij