Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

एनआरएनएकाे १०औं महाधिवेशनमा दक्षिण कोरियाबाट चार जनाको उम्मेदवारी

एनआरएनएकाे १०औं महाधिवेशनमा दक्षिण कोरियाबाट चार जनाको उम्मेदवारी

  • 863
    SHARES
  • एनआरएनएकाे १०औं महाधिवेशनमा दक्षिण कोरियाबाट चार जनाको उम्मेदवारी

    दक्षिण कोरिया । गैर-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आइसीसी)को आसन्न महाधिवेशनका लागि राष्ट्रिय  परिषद् दक्षिण कोरियाबाट विभिन्न पदका लागि चार जनाले उम्मेदवारी दिएका छन् ।

    आगामी अक्टोबरमा हुने १० औँ महाधिवेशनका लागि राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाबाट केन्द्रीय सचिव पदका लागि डा.देवीबहादुर बस्नेत, केन्द्रीय महिला संयोजक पदमा जुनु गुरुङ, एसिया प्यासेफिक क्षेत्रीय संयोजक पदमा विनोद कुँवर र एसिया प्यासेफिक क्षेत्रीय उपसंयोजक पदमा यज्ञराज सुवेदीले उम्मेदवारी दिएका हुन् ।

    गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको आयोजनामा शनिबार भर्चुअल औपचारिक उम्मेदवारी घोषणा कार्यक्रममार्फत उनीहरुले उम्मेदवारी घोषणा गरेका हुन् ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij