वेबटिभी खबर
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सचिवालय कमिटीको पहिलो बैठक आइतबार बस्दै छ । नेकपा एसले बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको केन्द्रीय सचिवालय गठन गरेको छ । सचिवालय गठनपछि आइबार पहिलो बैठक बस्न लागेको हो ।
नेकपा एसले नेकपा एमालेमा महासचिवको नेतृत्वमा रहने सचिवालयको अजिलम्वन गरेको हो । बैठक नयाँ वानेश्वरमा बस्ने बताइए पनि समयबारे बताइएको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij