Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

जलवायु परिवर्तनको प्रभावः जीवजन्तुका ३० प्रतिशत प्रजाति लोप हुने जोखिममा 

जलवायु परिवर्तनको प्रभावः जीवजन्तुका ३० प्रतिशत प्रजाति लोप हुने जोखिममा 

  • 499
    SHARES
  • जलवायु परिवर्तनको प्रभावः जीवजन्तुका ३० प्रतिशत प्रजाति लोप हुने जोखिममा 

    काठमाडौं । प्रकृति संरक्षणका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय सगठन (आईयुसीएन) ले आफ्नो अस्तित्व सूचीमा राखेको एक लाख ३८ हजार तीन सय ७४ प्रजातिध्ये करिब २८ प्रतिशत प्रजाति अब सदाका लागि लोप हुने उच्च जोखिममा रहेको शनिबार जानकारी गराएको छ । 

    उचित बासस्थानको अभाव, अवैध चोरी शिकारी र उनीहरूमाथिको अत्यधिक अतिक्रमणका कारण विश्वव्यापी बन्यजन्तुको प्रजाति तथा संख्यामा विगत केही दशकदेखि यो समस्या आएको हो । यसमा पछिल्ला बर्षहरूमा जलवायु परिवर्तन अर्को प्रत्यक्ष सरकोकारको बिषय बनेको छ । 

    ‘रेड लिस्ट’ मूल्यांकनको लागि गरिएको अनुसन्धानको नेतृत्व गर्ने साइमन फ्रेजर विश्वविद्यालयका प्राध्यापक निकोलस डल्भीले एएफपीसँग भने, ‘सम्पूर्ण समूहको संरक्षण स्थिति खस्कँदै गइरहेको छ र लोप हुने खतरा भयावह दरले बढिरहेको छ ।’ 

    विशेषज्ञहरूले निर्धारण गरेका जोखिममा रहेका जनावरको सूचीमा एक हजार दुई सय सार्क र जलचर प्रजातिहरूमध्ये ३७ प्रतिशत कडा हाड भएका जीव लोप हुने खतरामा रहेका छन् । यो सात वर्षअघिको तुलनामा एक तिहाइले वृद्धि भएको संगठनले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij