Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

तालिबानविरुद्ध प्रदर्शनमा उत्रिए अफगानी महिला 

तालिबानविरुद्ध प्रदर्शनमा उत्रिए अफगानी महिला 

  • 629
    SHARES
  • तालिबानविरुद्ध प्रदर्शनमा उत्रिए अफगानी महिला 

    काबुल । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातका सहरमा दर्जनौं महिलाहरुले काम गर्न र पढ्नु पाउनु पर्ने माग गर्दै तालिबानविरुद्ध प्रदर्शन गरेका छन् । 

    बिहीबार भएको प्रदर्शनमा सहभागी २४ वर्षीया मरियम एब्रामले काम गर्न पाउने महिलाहरुको अधिकारका बारेमा तालिबानबाट उपयुक्त जवाफ नपाएपछि निराश भएर सडकमा आउनु परेको बताइन् । 

    एब्रामसहित अन्य महिलाहरु पश्चिम अफगानिस्तानको ठूलो सहरमा रहेको आफ्नो कार्यालय जना लाग्दा उनीहरुलाई एक सातादेखि काममा नआउन र घर फर्किन भनिएको थियो । हेराती महिलाहरुको एक समूहले तालिबानका शीर्ष अधिकारीहरुलाई भेटेर महिलाको अधिकारबारे लिएको नीति स्पष्ट व्याख्या गर्न माग गरे पनि अहिलेसम्म उपयुक्त उत्तर पाएका छैनन् । 

    ‘सबै तहका तालिबानी अधिकारीसँग छलफल गर्ने प्रयासपछि महिलाहरुले आफ्ना आवाज सार्वजनिक रुपमा सुनाउने निर्णय गरे’, एब्रामले भनिन्, ‘हामीले उनीहरुको छलफल गर्न प्रयास गर्यौं तर हामीले त्यहाँ २० वर्ष अगाडिको तालिबानबाहेक अरु केही थिएन्, कुनै परिवर्तन थिएन ।’

    सन् १९९६-२००१ सम्म तालिबानले शासन गर्दा पनि अफगानिस्तानमा महिलाहरुलाई पढ्न र काम गर्न प्रतिबन्ध लगाइएको थियो । गत महिना अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएपछि तालिबानले महिलालाई उनीहरुको अधिकारबाट बञ्चित नगर्ने आश्वासन दिएको थियो ।

    एब्रामले तालिबानभन्दा अघिको सरकारलाई भ्रष्ट भनेर आलोचना गरेको स्वीकार्छिन् । तर तालिबान नेतृत्वको नयाँ प्रणालीले महिलाहरुलाई के प्रदान गर्छ, उनीहरु जान्न चाहन्छन् । तालिबानका वरिष्ठ नेता शेर मोहम्मद अब्बासको भर्खरैको अन्तर्वार्तापछि आफूहरु सडकमा उत्रन बाध्य भएको एब्रामको भनाइ छ । बीबीसी पश्तोसँग दिएको अन्तर्वार्तामा अब्बासले तालिबान नेतृत्वको सरकारमा महिलाका लागि ठाउँ नहुने बताएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij