Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

अमेरिकामा अचानक आएको बाढीले ९ जनाको मृत्यु, न्युयोर्कमा संकटकाल 

अमेरिकामा अचानक आएको बाढीले ९ जनाको मृत्यु, न्युयोर्कमा संकटकाल 

  • 519
    SHARES
  • अमेरिकामा अचानक आएको बाढीले ९ जनाको मृत्यु, न्युयोर्कमा संकटकाल 

    न्युयोर्क । अमेरिकाको पूर्वोत्तर क्षेत्रमा भिषण वर्षा र हावाहुरीपछि अचानक आएको बाढीका कारण कम्तिमा ९ जनाको ज्यान गएको छ । न्युयोर्क र न्युजर्सीमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्क सिटीका मेयर बिल डि ब्लासियोले यसलाई एक ऐतिहासिक मौसमी घटना भनेका छन् । 

    न्युयोर्कको सेन्ट्रल पार्कमा एक घण्टाको अवधिमा ३ इन्च वर्षा भएको रेकर्ड गरिएको छ । सहरको भूमिगत रेल सेवा बन्द गरिएको छ भने सडकमा अन्य यातायात सञ्चालन गर्न रोक लगाइएको छ । न्युयोर्क तथा न्युजर्सीबाट उडान भर्ने विमान एवं रेल स्थगित गरिएको छ । 

    अमेरिकामा आइडा आँधिका कारण अचानक मौसम बदलिएको बताइएको छ । यस आँधिले गत साता अमेरिकाको दक्षिणी राज्य लुइजियानामा धेरै क्षति पुर्याएको थियो ।

    सामाजिक सञ्जालमा सेयर भएका पोस्टहरुमा बाढी घरघरमा तीव्र गतिमा पसेको देखिन्छ । अमेरिकाको राष्ट्रिय मौसम सेवाले न्युयोर्क सिटी, बु्रकलिन, क्विन्स र लङ आइल्यान्डका केही भागमा बाढीपछि संकटकाल घोषणा गरिएको छ । योबाहेक म्यासाच्युसेट र रोड आइल्यान्डका केही भागमा समुद्री आँधिको चेतावनी दिइएको छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij