वेबटिभी खबर
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार भारी वर्षा हुँदा त्यहाँका धेरै क्षेत्र जलमग्न भएका छन् । मंगलबार देखि लगातार परेको वर्षाका कारण सडकमा समेत पानी जम्मा भएर आवतजावतमा समस्या उत्पन्न भएको छ । त्यहाँ जहाँतही डुबान हुँदा साइकल देखि कारसमेत पानीमा डुबेका छन् । दिल्ली, नोएडा, गाजियाबाद, गुरुग्राम र फरिदाबाद क्षेत्रमा डुबान हुँदा मानिसहरु समस्यामा परेका छन् ।
अत्यधिक वर्षाका कारणले मध्य दिल्लीको सदर बजारको सडकमा पानी जम्मा हुँदा ताल जस्तै देखिएको छ । त्यसैगरि वर्षातको पानी पसलभित्र पसेको छ । त्यसैगरि इस्ट बिनोद नगरमा पानी जम्मा हुँदा त्यहाँका बासिन्दालाई आवतजावतमा समस्या भइरहेको छ । अत्यधिक पानीका कारण झिलमिल अन्डरपासलाई नै बन्द गरिएको छ ।
दिल्लीमा सडक तथा नाली बनाउन करोडौं रुपैंया खर्च गरेपनि नालीलाई सफा नगरेका कारण वर्षातको समयमा यहाँका मानिसहरुले वर्षेनी यस समस्याको सामना गर्नु परिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij