वेबटिभी खबर
काठमाडौं । दैलेखको गुराँस गाउँपालिका-५ गोगनपानीमा भैरी खोलाले बगाएर ल्याएकोअपरिचित युवतीको शव फेला गरेको प्रहरीले जनाएको छ । भैरी खोलाले बगाएर ल्याएको ती युवतीको शव पराजुली खोलामा नपुग्दै बिउराखेतनजिक खोलाको किनारामा फेला परेको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।
गोगनपानी, पिँलाडी, लालीकाँडा र अवलपराजुलबाट हराएको हुनसक्ने आशंकामा खोजबिन गर्दासमेत पत्ता नलागेकोले बाहिर कतैबाट आएकी हुनसक्ने डीएसपी श्रेष्ठले बताए ।
अन्दाजी २० वर्षकी ती युवतीले गौतमबुद्धको चित्र अंकित खैरो टि–सर्ट र सुरुवाल लगाएको अवस्थामा फेला परेको महिलाको शव पोष्टमार्टमका लागि दैलेख अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij