Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

जनमत पार्टीले जनकपुरमा स्थापना गर्यो केन्द्रीय सचिवालय कार्यालय

जनमत पार्टीले जनकपुरमा स्थापना गर्यो केन्द्रीय सचिवालय कार्यालय

  • 607
    SHARES
  • जनमत पार्टीले जनकपुरमा स्थापना गर्यो केन्द्रीय सचिवालय कार्यालय

    काठमाडौं । जनमत पार्टीले केन्द्रीय सचिवालयको कार्यालय जनकपुरधामको भानु चोकमा स्थापना गरेको छ । केन्द्रीय अध्यक्ष डा. सीके राउतले पार्टीको झण्डा फहराएर सचिवालय कार्यालयको मंगलबार उद्घाटन गरेका हुन् ।

    राम मनोहर यादवले ‘शहादत प्राप्त गरेको’ दिनको स्मृतिमा उनले सचिवालय परिसरमा वृक्षरोपणसमेत गरेका छन् । जनमत पार्टी अध्यक्ष डा. राउतले यादवलगायतका ज्ञात-अज्ञात सबै शहिदको सपना साकार पार्न संघर्ष जारी रहेको बताए ।

    अगामी निर्वाचनलाई लक्षित गरेर जनमत पार्टीले संगठन विस्तारसहितका गतिविधि अघि बढाएको छ । केन्द्रीय सचिवालय कार्यालयको स्थापनापछि पार्टी गतिविधिलाई थप सक्रिय पार्न सहज हुने उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij