वेबटिभी खबर
काबुल । अफगानिस्तानमा २० वर्ष लामो युद्धको अन्त्य गरेर फर्किएको अमेरिकी सेनाको समूहमा अन्तिम सैनिक मेजर जनरल क्रिस डान्हे रहेका छन् । अमेरिकाकाे रक्षा मन्त्रालयले टि्वट गर्दै फाइनल उडान भरेकाे सि १७ विमान चढ्ने अन्तिम सैनिक क्रिस डान्हे रहेकाे बताएकाे छ ।
अफगानिस्तानमा सत्ता कब्जामा लिएको तालिवानले देश छोड्न अमेरिकालाई ३१ अगस्ट अर्थात आजसम्मको समय दिएको थियो । अमेरिकी सेनाले समयसीमाको एक दिन अघि नै काबुल छोडेको हो । अमेरिकी सैनिकको अन्तिम विमान सोमबार राति काबुलबाट उडेको थियो ।
The last American soldier to leave Afghanistan: Maj. Gen. Chris Donahue, commanding general of the @82ndABNDiv, @18airbornecorps boards an @usairforce C-17 on August 30th, 2021, ending the U.S. mission in Kabul. pic.twitter.com/j5fPx4iv6a
— Department of Defense 🇺🇸 (@DeptofDefense) August 30, 2021
अमेरिकी सेनाले काबुल छोडेसँगै तालिबानी लडाकुले विमानस्थलभित्र प्रवेश गरेर जितको खुसियाली मनाएका छन् ।
युएस सेन्ट्रल कमाण्डका कमाण्डर जनरल केनेथ मेकेन्जीले पछिल्लो १७ दिनमा अमेरिकाले ६ हजार अमेरिकी नागरिकसहित काबुलबाट ७९ हजार मानिसको उद्धार गरेको बताएका छन् ।
अमेरिकाले ११ सेप्टेम्बर २००१ मा अफगानिस्तानमा तालिवानविरुद्ध सैन्य अभियान सुरु गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij