Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

अछामकी सुत्केरी महिलाको मृत्यु

अछामकी सुत्केरी महिलाको मृत्यु

  • 575
    SHARES
  • अछामकी सुत्केरी महिलाको मृत्यु

    अछाम । अछाम चौरपाटी गाउँपालिका-५ लुग्राकी एक सुत्केरी महिलाको मृत्यु भएको छ । २६ वर्षीया जनक विकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको मृतकका भतिजा पूर्ण विश्वकर्माले न्युज कारखानालाई जानकारी दिए । 

    ६ भदौमा नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि विकलाई कोहलपुर लगिएको थियो । वयलपाटा अस्पतालमा विकको शल्यक्रियाबाट सुत्केरी गराइएको थियो ।

    स्वास्थ्यमा थप समस्या आएपछि उनलाई पुनः शल्यक्रियाको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको थियो । जन्मिएको शिशुको ६ भदौमा वयलपाटा अस्पतालमा मृत्यु भइसकेको थियो । मृतक विकका एक छोरा र छोरी छन् ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij