Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नेपाललाई रावलको जवाफ: अगाडि धकेल्दा धकेलिने भए पछाडि फर्काउन खोज्दा पनि फर्किनुपर्ने हो !

नेपाललाई रावलको जवाफ: अगाडि धकेल्दा धकेलिने भए पछाडि फर्काउन खोज्दा पनि फर्किनुपर्ने हो !

  • 559
    SHARES
  • नेपाललाई रावलको जवाफ: अगाडि धकेल्दा धकेलिने भए पछाडि फर्काउन खोज्दा पनि फर्किनुपर्ने हो !

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई जवाफ फर्काएका छन् ।  १० स्थायी कमिटी सदस्यले आफ्नो साथ छाडेकोबारे शनिबार अध्यक्ष नेपालले अगाडि बढ्न धकेलेको तर पार्टी गठन गर्ने बेला भागेको भन्दै कटाक्ष गरेका थिए । अध्यक्ष नेपालले उक्त अभिव्यक्ति दिएपछि उपाध्यक्ष रावलले आइतबार ट्वीट गर्दै जवाफ फर्काएका छन्।

    उनले माधवकुमार नेपालको नाम नलिई कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने भए पछाडि फर्काउन खोज्दा पनि फर्किनुपर्ने भनेका छन् । ‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो,’ रावलले भनेका छन्, ‘द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न । जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij