काठमाडौं । पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५ सय १२ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।
यस अवधिमा ६१ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल कोरोना संक्रिय संक्रमितको संख्या ९ सय २९ जना रहेको छ ।
नेपालमा अहिलेसम्म दुई लाख ७५ हजार १ सय १८ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये दुई लाख ७१ हजार १ सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
कोरोना निको हुने दर ९८.६ प्रतिशत रहेको छ । यसैगरी तीन हजार १२ जनाको कोरोनाले मृत्यु भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij